किरण सुब्बा
Cell 9814997235
xerox_lith@yahoo.com
Cell 9814997235
xerox_lith@yahoo.com
कार्ल हेन्-रिक् मार्क्स (५ मई १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो| कार्ल मार्क्सले १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ| .
जीवनी
कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया(Prussia) राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर् (Trier) भन्ने ठाउँमा भएको हो| उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकिल थिए जसले प्रुसिया(Prussia)को सम्विधानको निम्ति आन्दोलनमा भाग लिएका थिए| उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए| तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए| ६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाइयो[३] कार्ल मार्कसले प्रुसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित १९ जून १८४३ बिहे गरे| मार्क्स र जेनिका सात जना सन्तानहरु भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे|[४] मार्क्सको आयको प्रमुख स्रोत फ्रेड्रिक् एंगेल्स् बाट पाएको सहयोग मात्र थियो| मार्क्स प्रायः हात-मुख जोड्ने समस्याका बीच बाचे, यसको कारण केही हदसम्म पत्नी र नानीहरुको विलासिता थियो जो मार्क्सले समाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरुरी सोचेका थिए| मार्क्सका जेनी पटि सात सन्तान भए भने एउटा अवैध सन्तान(छोरो) घरकी नोकरनी हेलेन डेमुट् पटिबाट भएको थियो|[५][
दिशम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई सर्दी-जुखामले पक्र्यो जसले बिस्तारै ब्रोन्क्राइटिस्ट् को रुप लियो| यस कारण जिन्दगीका अन्तिम १५ महिना बिमारी अवस्थामा नै बिते र १४ मार्च १९८३ को दिन लन्दनमा देहावसान भयो| उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्दनमा नै गरे| मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite”[६] सांस्कृतिक इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन्|[७]
Education
मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए| १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक बनेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भए | उनी आफू दर्शन र अंग्रेजी पढ्न् चाहन्थे तर उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनी जोर दिए|[८] बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner)</ref> सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अंक प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालय मा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions) को कारण कानून विषयको महत्व घट्यो | यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे | उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनें|
No comments:
Post a Comment