Fashion


आईक्लबमा फेसन नाइट



रात छिप्पिदै गएपछि गएपछि मञ्चमा मोडलहरू देखा परे । पृष्ठभूमिमा ठूलो आवाजमा हिन्दी गीत घन्किरहेको थियो । गत चैत १० गते दरबारमार्गस्थित आइक्लबको वातावरण निकै तातेको थियो । निर्धारित समयभन्दा झन्डै पौने घण्टा ढिलो सुरु भएको फेसन  नाइटमा दस जना मोडल सहभागी थिए । स्थापनाकालदेखि सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको आई क्लबले यसपालि तेस्रो फेज पनि सफलतापूर्वक सम्पन्न गर्‍यो । 

मिनिस्ट्री अफ स्टायलका डे्रस डिजाइनरद्वय सौरभ आचार्य तथा अलिशा खड्गीद्वारा तयार गरिएका पहिरन पार्टी वेयर, टक्स वेयर, गाउन, वन पिस, क्याजुअल वेयर, तथा नाईट वेयर गरी ६ वटा सिक्वेन्समा बाँडिएका थिए । सिक्वेन्सहरूमा र्‍याम्प मोडलहरू  आयशा शाक्य, सोनिया शर्मा, जुनिका प्रसाईं, सुनिशा थापा, सृष्टि न्यौपाने, सर्मिका न्यौपाने, प्रीति न्यौपाने, पासाङ शेर्पा, फिओना शेर्पा तथा जश्मिन तामाङले क्याटवाक गरेका थिए । शो स्टपरका रूपमा देखा परेकी आयशा शाक्यले गरेको एकल क्याटवाक पनि  धेरै रुचाइएको थियो । 

कार्यक्रममा गायक सुमन श्रेष्ठ, कोसिस क्षेत्री, जगत बोहरा आदिले आ-आफ्ना गीत प्रस्तुत गरेका थिए । विभिन्न विधाका चर्चित अनुहारहरूको समेत बाक्लो उपस्थिति रहेको फेसन नाइटमा फेसन सिक्वेन्स तथा गीत-संगीतपछि डान्स पार्टीको समेत आयोजना  गरिएको थियो । डिजे स्याज, डिजे नक्स, डिजे सिमेन, डिजे जोय, डिजे रे तथा महिला डिजे अन्सुले रातको एक बजेसम्म उपस्थित दर्शकहरूलाई नचाएका थिए ।






फेसनको सहर बन्दै गएको बेइजिङमा होसा कम्पनीले सन् २०११-०१२ लाई मध्यनजर गरेर डिजाइन गरेको स्विमवेयर फेसन शो सम्पन्न गर्‍यो । उक्त फेसन शोमा चिनियाँ डिजाइनरलगायत विदेशका फेसन डिजाइनरहरूले पनि सहभागिता जनाएका थिए ।