खेलकुद

नेपाल आत्मविश्वासी बन्दै

नेपालको राष्ट्रिय फुटबल टिमका लागि भुटान नौलो प्रतिद्वन्द्वी होइन । नेपालले पहिलोपल्ट २६ वर्षअघि भुटानको सामना गरेको थियो, जसमा नेपालले १-० को जित आत्मसात् गरेको थियो । त्यसयता नेपालले भुटानविरुद्ध ९ खेल खेल्यो । सबै खेलमा  नेपालले जित हासिल गरेको छ । फिफा वरियतामा २५ स्थानमुनिको भुटानसँग नेपालले अहिलेसम्म पराजित हुनुपरेको छैन । अहिलेसम्म २९ गोल गर्दै नेपालले ६ गोल खाएको तथ्यांक छ । गएको साता नेपाल र भुटानबीच पोखरामा दुई मैत्रीपूर्ण खेल भएको  थियो । दुवैमा नेपालले बाजी मार्‍यो, तर यस पटक नेपालको जित भने सहज रहेन ।

विशेषगरी पहिलो खेलमा भुटान कठिन प्रतिद्वन्द्वी ठहरिएको थियो । त्यसमा खराब सुरुवातलाई सुधारेर नेपालले १-० को जित आत्मसात् गर्‍यो जहाँ सन्तोष साहुखलले २९ औं मिनेटमा गरेको गोल निणर्ायक साबित भयो । नेपाली राष्ट्रिय टिमका लागि २३ वषर्ीय  स्ट्राइकर साहुखलको यो तेस्रो गोल हो ।

पहिलोको तुलनामा नेपालले दोस्रो खेलमा स्तरीय प्रदर्शन गर्‍यो । नेपालले अधिकांश समय बलमाथि नियन्त्रण गर्‍यो । मिडफिल्डमा एकछत्र राज गर्‍यो । एकपछि अर्को गर्दै मुभको श्रृंखला बुन्यो । नियमित ५-६ पास गर्दै ९ पाससम्म खेल्यो । नौपल्ट कर्नर र सात  पि|m-किक प्रहार गर्ने मौका पायो । तेह्रपल्ट भुटानी गोलपोस्टमा आक्रमण गर्‍यो । यस्तोमा २ गोल गर्दै नेपालले २-१ को नतिजा निकालेको थियो ।

दोस्रो खेलमा डिफेन्सिभ मिडफिल्डर सन्दीप राईले प्लेमेकरको भूमिका निर्वाह गरेका थिए । नेपाललाई जित दिलाउने गोल भने विकाससिंह क्षेत्री र अनिल गुरुङले गरे । डिफेन्डर विकाससिंहको प्रदर्शन निकै उत्कृष्ट थियो । रविन श्रेष्ठसँगै उनले विपक्षीलाई रोक्दै  अगाडि बढेर धुटानी गोलपोस्टमा आत्रमणको जालो बुनेका थिए ।

विकाससिंहले पहिलो अन्तराष्ट्रिय गोल २४ औं मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाएका थिए । पोखरेली स्ट्राइकर अनिलले ७५ औं मिनेटमा अर्को गोल थप्दै नेपालको अग्रता दोब्बर पारेका थिए । नेपाली राष्ट्रिय टिमका लागि उनको यो पाचौं गोल हो । सब्स्िटच्युट  छेन्चोले इन्ज्युरी टाइममा गोल गर्दै भुटानलाई शुन्यबाट जोगाएका थिए ।

'प्रत्येक खेल र हरेक समयमा राम्रो प्रदर्शन गर्नुपर्छ', नेपाली राष्ट्रिय टिमका बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले भने, 'दोस्रो खेलको प्रदर्शनबाट म सन्तुष्ट छु । 

सबैले मिहिनेत 

गरे, राम्रो खेले । त्यसले आत्मविश्वास बृद्धि गरेको छ । च्यालेन्ज कपमा 

अझ राम्रो खेल्नेछौं ।'

रोबर्ट्स एएफसी च्यालेन्ज कप छनोटमा नेपाली टिम सम्हाल्न डेढ महिनाअघि नेपाल आएका हुन् । इङ्लिस क्लब टोटनहम हर्टस्परका पूर्वकप्तान रोबर्टसले पहिलो खेलमा ४-३-३ को रणनीति प्रयोग गरेका थिए । 'प्लेइङ एलेभेन' मा चार खेलाडी परिवर्तन गर्दै  दोस्रोमा रोबर्टसले नेपाली टिमलाई ३-५-२ को रणनीतिमा खेलाएका थिए । ९० मिनेट राम्रो खेले पनि अन्तिम समयमा भने नेपाली खेलाडीले धैर्यता गुमाए । त्यही मौकामा भुटानले गोल गरेको थियो ।